गाउँगाउँमा चल्न थाले विद्युतीय घट्ट

त्रिवेणी । आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ ।
जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत तथा स्थानीय तहको लगानीमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । बाँफिकोट गाउँपालिका–१० ले वडावासीको सहजताका लागि बयाल्या र फेरामा विद्युतीय घट्ट सञ्चालन गरिरहेको छ ।
स्थानीयलाई अन्न पिस्न घण्टौँ समय लाग्ने भएपछि वडा कार्यालयकोे आर्थिक सहयोगमा दुई स्थानमा घट्ट सञ्चालन गरिएको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार वडाले कृषि कार्यक्रमअन्तर्गत फेरामा रू एक लाख ३५ हजार र बयाल्यामा रू दुई लाख ३५ हजार लगानी गरी घट्ट सञ्चालन गरेको हो ।
“घट्ट बनाउँदा वडावासीले पनि श्रमदान गरेका छन् । घट्टको रेखदेख गर्ने, विद्युत् प्रयोग भएबापत महसुल तिर्नेलगायत काम स्थानीयले गर्नेछन्”, वडाध्यक्ष चन्दले भने, “स्थानीयले घट्टमा निःशुल्क अन्न पिस्न पाउनेछन् ।” उनका अनुसार घट्ट सञ्चालनमा आएपछि बयाल्या टोलका २० घरपरिवारलाई चार घण्टा हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ ।
त्रिवेणी–२ छिन्छरेमा पानी घट्ट सञ्चालन गर्दै आएका खड्कबहादुर बुढाथोकीलाई विद्युतीय घट्ट गाउँमा सञ्चालन भएपछि पहिले जस्तो अन्न पिस्न चाप छैन् । “पहिले अन्न पिस्न आउनेको सङ्ख्या धेरै हुन्थ्यो । दुईरतीन दिनसम्म पालो कुर्नुपर्थोे । आजभोलि त्यस्तो चाप छैन्”, उनले भने, “पहिले दिनमा ४५ पाथी अन्न पिस्थे । पिसेको भाडाबापत लिएको पीठो घरपरिवारले खाएर बच्ने गर्थो । आजभोलि त कहिले घट्ट खाली हुन्छ, कहिले दुईरतीन जना आउँछन् ।”
त्रिवेणी–२ की ७० वर्षीया मनकली ओलीले गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आएपछि सहजताको लागि अन्न पिस्न विद्युतीय घट्ट जाने गरेको सुनाए । “पहिले घरमै अन्न जातोमा पिसेर खाने चलन थियो । विस्तारै पानी घट्टमा पिस्ने चलन आयो । अहिले त टोलमै विद्युतीय घट्ट सञ्चालनमा आइसक्यो”, उनले भने । यसबाट समयको बचत हुनुका साथै सहज भएको उनको भनाइ थियो ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया