भुटानी शरणार्थी प्रकरण
पूर्पक्षमा रहेका ५ जना विचौलियासँग प्रहरीको ‘गुपचुप’ बयान
विचौलियाको बयान फेरियो, निष्पक्षताका साथ अनुसन्धान हुनेमा थप आशंका

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणमो अनुसन्धान र बयान प्रक्रिया गुपचुप रुपमा अगाडी बढाएको छ । त्यसक्रममा अहिले पूर्पक्षमा रहेका पाँच जनासँग प्रहरीले गोप्य रुपमा फेरि बयान लिएको खुलेको छ ।
यसरी बयान लिनेमा विचौलियाहरु रहेको प्रहरी स्रोतको भनाई छ । प्रहरीले उनीहरुसँग दशैपछि मात्र बयान लिएको हो । यसरी प्रहरीले पूर्पक्षमै रहेका र दशैपछि बयान लिएकाहरुमा सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायत ५ जना रहेको प्रहरी स्रोतले बताएको छ ।
पहिलो चरणको अनुसन्धान सकिएपछि पछि पुन थप परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान थालेको थियो ।
त्यसक्रममै परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलियाहरूलाई झिकाएर बयान गर्न थालेको हो ।
साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको र त्यही क्रममा विचौलियाबाट फेरि बयान शुरु गरेको हो ।
तर प्रहरीले निक्कै गोप्य रुपमा मात्र थालेको दोस्रो चरणको अनुसन्धान र पूर्पक्षमा रहेका विचौलियाहरुको पनि गोप्य रुपमा नै लिएको बयानका कारण मुद्दा निष्पक्षताका साथ अनुसन्धान हुनेमा आशंका बढेको छ ।
दोस्रो चरणमा बयान दिएका विचौलियाहरुले पहिलो चरणमा जस्तो बयान पनि फेरेको प्रहरी स्रोत बताउाछ । बयान लिइएका विचौलियाहरुले आफनो बयानमा इन्कारी बयान दिएका छन् । साथमा उनीहरुले अघिल्लो चरणमा जस्तो गरी उच्च पदस्थ हरुको नाम पनि मुछेका छैनन ।
उनीहरुलाई उच्च पदस्थहरुले नै आफना सहयोगीमाफर्त भेटेर बयान फेर्न गरेको आग्रहका आधारमा विचौलियाहरुले दोस्रो चरणको बयानका क्रममा बयान फेरेको प्रहरी स्रोतले बताएको छ ।
पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीका साथै पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ थुनामा छन् ।
खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
३० जनालाई प्रतिवादी बनाइएकोमा अन्य ११ जना अझै फरार छन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया