फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने एमालेको प्रस्ताव

काठमाडौं । नेकपा एमालेले फागुन १ गतेको बिदालाई निरन्तरता दिने हो भने संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । एमालेले संसदबाट पातिर भए फागुन १ मा बिदा दिन सकिने प्रस्ताव संसद बैठकमै राखेको छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेको त्यस्तो प्रस्ताव रहेको बताएका हुन् ।
माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । एमालेसमेत सरकारमै रहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय लिएका थिए । तर सरकारबाट बाहिरिएपछि एमालेले उक्त दिनको बिदाको विरोध गदैं आईरहेको छ ।
संक्रमणकालिन न्यायका विषयमा विवाद टुग्गो लगाउने भए उक्त बिदा हटाउनु पर्ने प्रस्ताव समेत एमालेले प्रधानमन्त्रीसँगको भेटमा गदैं आएको थियो ।
त्यही क्रममा संसदमै उसले आज संसदबाट पारित गरेर देखाउन नत्र फिर्ता लिन सकरारलाई चुनौति दिएको हो ।
‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ पौडेलले भने, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’
फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया