नेपाल र युएइबीचको सेमिफाइनलमा ३५०० टिकट बेचिने
मेरोन्यूज
२०८० कार्तिक १६ गते १७:५८

काठमाडौँ । काठमाडौंमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटका लागि सेमिफाइनल खेल शुक्रबार हुने भएको छ । नेपालले शुक्रबार चिरपरिचत प्रतिद्वन्द्वी युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र युएईबीचको खेल भने मूलपानी क्रिकेट मैदानमा हुने छ ।
नेपाल समूह एको उपविजेता हो भने युएई समूह बीको विजेताको हैसियतले सेमिफाइनल खेल्न लागेका हुन् ।
जारी टी २० विश्वकप क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा रहेको आइएमई पेले शुक्रबार हुने नेपाल र युएईबीचको सेमिफाइनल खेलका लागि जम्मा ३५०० मात्रै टिकट विक्री गर्ने जनाएको छ ।
स्थान अभावका कारण आइमई पे ले अनलाइनमार्फत उक्त टिकट विक्री गरिने जनाउँदै मैदान बाहिर कुनै पनि टिकट स्टल नहुने पनि एक सूचनामार्फत जनाइएको छ ।
ओमान र बहराइनबीचको सेमिफाइनल भने त्रिवि क्रिकेट मैदानमा हुने छ ।

सम्बन्धित
















दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया