श्रीलंका ५५ रनमै अलआउट भएपछि भारत ३२२ रनको अन्तरले विजयी
मेरोन्यूज
२०८० कार्तिक १६ गते २०:४९

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका ५५ रनमै अलआउट भएपछि भारत ठूलो रन अन्तरले विजयी भएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले श्रीलङ्कालाई ३ सय ५८ रनको लक्ष्य दिएको थियो ।
तर, श्रीलंकाका कुनै पनि ब्याटरहरू भारतका बलरहरूसँग टिक्न नसकेपछि भारतले ३२२ रनको जित निकालेको हो ।
श्रींलकाका एङ्गेलो म्याथ्युले १२ रन र महेश थिक्सानाले १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद शामीले ५ र मोहम्मद सिराजले ३ विकेट लिए ।
पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए ।
बलिङतर्फ श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिए ।
सम्बन्धित
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया