भूकम्प प्रभावित क्षेत्रमा थप उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली परिचालन

काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको सशस्त्र प्रहरीले जनाएको छ। नम्बर ६ बाहिनी सुर्खेतबाट डा निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली जाजरकोटको लागि खटिएको छ।
यस्तै २९ नम्बर गण दाङबाट पश्चिम रुकुमको लागि सप्रनिको कमाण्डमा २१ जना र आश्रित गुल्म पूर्वी रुकुमबाट सप्रनानिको कमाण्डमा ११ जनाको टोली पश्चिम रुकुममा खटिएको छ।
४२ नम्बर रिजर्भ गण बाँकेबाट सप्रनिको कमाण्डमा २५ जनाको टोली जाजरकोट र नेपाल एएफपी अस्पतालबाट सप्रनाउ डा रोशन पराजुलीको कमाण्डमा ९ जनाको (१८ जना) टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकद्वारा पश्चिम रुकुमको चौरजहारीको लागि खटिएकको सशस्त्र प्रहरीले जनाएको छ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया