घाइतेको उद्धार र उपचारमा सबै खटाैँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गर्न आग्रह गरेका हुन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौँ घाइते छन्, राती आएको भूकम्पका कारण उद्धार प्रभावकारी हुन सकेको छैन होला।’ अध्यक्ष ओलीले भनेका छन् ‘मैले बिहान त्यहाँका केही साथीहरूसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरू उद्धारमा खटौँ । घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गरौँ । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’
















प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया