जाजरकोटमा गएकाे भूकम्पप्रति दु:ख व्यक्त गर्दै मोदीले भने- सहयोग गर्न तयार छाैं
मेरोन्यूज
२०८० कार्तिक १८ गते ९:३५

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् ।
शनिबार बिहान एक ट्विट लेख्दै प्रधानमन्त्री मोदीले नेपाली जनताको दु:खको बेला भारत साथमा रहेको बताउँदै सम्भव सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
सम्बन्धित
















पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया