शनिबार, माघ २४, २०८२

भूकम्पपीडितकाे उद्धारका लागि रास्वपाले पठायो चिकित्सककाे टोली

मेरोन्यूज २०८० कार्तिक १८ गते १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली पठाएको छ ।

शनिबार कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली भूकम्प पीडितको उद्धारका लागि जाजरकोट पठाएको हो ।

महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट खटाइएको रास्वपाले जनाएको छ ।

यस्तै रास्वपाले सरकारसंग समन्वय गर्न टाेली र सांसदहरु रहेकाे व्यवस्थापन टाेली बनाएकाे छ ।

प्रतिक्रिया