एनआरएनएद्वारा भूकम्प पिडितको लागी तत्काल २१ लाख राहत

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएले पश्चिम नेपालमा आएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दू बनाएर ६।४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्दारकार्य जारी रहेको छ ।
एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव वुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन २१ लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष शर्माले जानकारी दिए । उनले भने ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै रकम आफू र अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’
उक्त रकम अहीलेको लागी भएको र थप राहत तथा उद्दारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनले उद्दारमा सहभागिता जनाउने बताउँदै त्यसका लागि केही साथीहरु शनिबार नै गएको र आफूसहित थप व्यक्ति चिकित्सकीय टोलीसहित त्यता जान लागेको पनि शर्माले जानकारी गराए ।
यस्तै महासचिव सुवेदीले यो रकम तत्कालको लागी भएको र आफुहरुको मिटिङ्ग बसेर बिश्वका सबै अभियन्ताहरुलाई जोडेर अन्य रकम प्रभाबित क्षेत्रमा पठाउने बताए ।
एनआरएनएका अर्का अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले पनि बिज्ञप्ती जारी गर्दै आफुहरुले भूकम्प प्रभावित क्षेत्रमा १० लाख रुपैया सहयोग गर्ने बताएका छन ।

















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया