यी हुन् काठमाडौं उपचारमा ल्याइएका २१ दिने बालिकासहितका ८ घाइते विरामी (सूचीसहित)

काठमाडौं । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर शुक्रवार मध्यराती गएको भूकम्पमा परी घाइते भएका २१ दिने बालिकासहित ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
उनीहरुलाई पश्चिम रुकुमबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएपछि उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजमार्फत ८ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइएको र त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए।
बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो क्षति पुर्याएको छ।
भूकम्पमा परी घाइते भएकाहरूको उद्धार कार्य जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार अहिले तीनवटा हेलिकोप्टरबाट धमाधम उद्धार कार्य जारी छ।
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रको अनुगमनका लागि पुगेका थिए।
गृह मन्त्रालयका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
यी हुन् त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेको सूची

















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया