पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् ।
काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ, काठमाडौं र ललितपुरका डोजाङ प्रमुख, तेक्वान्दो पदाधिकारीले पलेशा र प्रशिक्षक लामालाई नगदसहित प्रशंसा पत्र तथा व्यवस्थापक श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
पलेशालाई ८७ हजार १ सय ७५ तथा लामालाई ३३ हजार नगद प्रदान गरियो । त्यसमा काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले पलेशालाई समान १५–१५ हजार तथा लामालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनलगायतलले बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
गत अक्टोबर २२ देखि २८ तारिखसम्म भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।
आफ्नो खेलपछि छोटो समयका लागि स्वदेश फर्किएकी पलेशा सोमबार चीनको सांघाइ प्रस्थान गर्दै छिन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । एसियाली पारा खेलकुदमा सहभागी हुन पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।
















पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया