बिहीबार, चैत १९, २०८२

टी–२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

मेरोन्यूज २०८० कार्तिक १९ गते ६:३७

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ।

Advertisement
nepal life insurencenepal life insurence

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।

यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।

नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो। आज सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । उता ओमान पनि घरेलु मैदानमा नेपाललाई पुनस् हराउँने योजनामा हुनेछ।

प्रतिक्रिया