ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।
नेपाल र ओमान दुवै टोलीले यसअघि नै सेमिफाइनलका खेल जित्दै सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।
नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।
समूह चरणमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो। आज सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । उता ओमान पनि घरेलु मैदानमा नेपाललाई पुनस् हराउँने योजनामा हुनेछ।
नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया