कांग्रेसले पार्टीका सांसदहरूको १५ दिनको पारिश्रमिक भुकम्पपीडितलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसद्मा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठकले त्यस्तो निर्णय गरेको हो । ‘भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गर्दछ,’ कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले शुक्रबार राती ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ, साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया