नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने क्यासी सम्मेलनको सोमबार बिहान काठमाडौंमा उदघाटन गर्दै राष्ट्रपति पौडेलले त्यस्तो आह्वान गरेका हुन् ।
‘ नेपालमा लगानीको वातावरण निर्माण हुँदैछन् । लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’ राष्ट्रपति पौडेलले सम्मेलन समुद्घाटनका क्रममा भने ।
पौडेलले नेपालमा विद्युतका क्षेत्रमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन आह्वान गरे । नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि सुनिश्चित बन्दै गएको भन्दै राष्ट्रपति पौडेलले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु ।’
आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशिला भएको बताउँदै पौडेलले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र नभई नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि भएको टिप्पणी गरे ।
‘तपाईँहरूले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, पौडेलले भने ।

राष्ट्रपति पौडेलले भने, “व्यवसाय क्षेत्रका सङ्गठनहरूले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सबलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।”
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया