सानिमा बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा २५ लाख सहयोग
मेरोन्यूज
२०८० कार्तिक २० गते १५:३०

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा सानिमा बैंकले २५ लाख सहयोग गर्ने भएको छ ।
कात्तिक १७ गते (शुक्रबार) रातीको समयमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ठुलो जनधनको क्षति व्यहोर्नु परेको भन्दै सानिमा बैंक लिमिटेड परिवारले उक्त सहयोग गर्ने भएको हो ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकले भुकम्पमा परी ज्यान गुमाउने नागरिक प्रति श्रद्धाजली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विपदको यस दुखद घडीमा खोज उद्धार र राहतका लागी उक्त क्षेत्रमा साहयता पुग्ने गरी बैंककको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रु २५,००,००० (पच्चीस लाख) प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको छ,’ ।

सम्बन्धित
















साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया