प्रधानमन्त्रीले रास्वपालाई भने : तपाईंहरूका सुझावमा क्याविनेट र विपद् प्राधिकरणबाट निर्णय भइसकेका विषय छन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दिएका सुझाव आफूले निर्णय गरेर कार्यान्वयनको चरणमा गइसकेको बताएका छन् ।
रास्वपा उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको रास्वपा पदाधिकारी र सांसदहरूको टोलीले जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पपछिको समस्या समाधान गर्न ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री दाहालले भने, ‘सुझाव र सहयोगको लागि रास्वपालाई धन्यवाद । मैले तपाईंहरुले उठाएका सुझाव करिबकरिब क्याबिनेट र विपद् प्राधिकरणबाट निर्णय गराइसकेको छु । सबैभन्दा टाढा र सबैभन्दा गरिवलाई पहिलो प्राथमिकता भन्ने मेरो निर्देशन र तपाईंहरुको भावना मिल्यो।’
प्रधानमन्त्री दाहालले शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्याउन सरकार प्रयासरत रहेको बताए । भेटमा रास्वपा टोलीले जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई राहत वितरणमा कोही नछुट्ने गरी एकद्वार प्रणाली अपनाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
रास्वपा टोलीले राहतमा सडक पहुँच नभएका र दुर्गमकालाई राहत वितरणमा पहिलो प्राथमिकता दिन पनि प्रधानमन्त्रीसँग माग गरेको छ।
जाडोयाम सुरु भएकाले भूकम्पपीडितलाई खुला आकाशमुनि र त्रिपालबाट चाँडोभन्दा चाँडो न्यानो पूर्वाधारमा सार्न पनि रास्वपाले सरकारसँग माग गरेको छ।
रास्वपा टोलीले प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्दै पुनर्निर्माणमा ढिलो नगर्न र आवश्यक कानुन सुधार गर्न ध्यानाकर्षण गराएको छ ।
















प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया