म्याथुज बने ‘टाइम आउट’ हुने पहिलो ब्याट्सम्यान

काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।
विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्ने भए पनि २४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि ब्याटिङमा आएका म्याथुज क्रिजमा पुग्न समय लगाए ।
त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरेपछि अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।
म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने – अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया