क्यानले ट्वान्टी-२० विश्वकपमा छनोट भएको क्रिकेट टोलीलाई ५० लाख दिने

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रूपैयाँ नगद पुरस्कार दिने भएको छ ।
क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहनस्वरूप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।
यू १९ टोली हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भएको थियो ।
बैठकले क्रिकेट हङकङ चीनको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच सञ्चालन हुने हङकङ विमेन्स ट्वान्टी–२० सिरिजमा सहभागिताका लागि राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय गरेको छ ।
क्यानका सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा कार्यसमिति बैठकले आइतबार सम्मपन्न आईसीसी मेन्स ट्वान्टी२० क्रिकेट वर्ल्डकप एसिया फाइनलको खेलमा टिकट बिक्रीबाट संकलित रकमको ५० प्रतिशत जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।

















जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया