१७ जनाबाट ३८ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा भक्तपुर नगरपालिका १० घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट बस्ने वर्ष ३९ की सुनिता कर्माचार्य पक्राउ परेकी छन्।
कर्माचार्य समेतले मदनराज मोक्तान समेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ मात्र लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख पचास हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरुले पीडितहरुबाट पटकपटक गरी ३८ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।
वैदेशिक रोजगार विभागबाट महानगरीय अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो । अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनिताको खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौंको ईन्द्रचोकबाट पक्राउ गरेको हो।
उनीविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
















पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया