सुरक्षा मापदण्डमा बिवाइडी डल्फिन र बिवाइडी सिलले पाए अष्ट्रेलियामा फाइभ स्टारको मुल्याङ्कन

काठमाडौं । अस्ट्रेलियाको नयाँ कारको मुल्याङ्कन गरिने कार्यक्रम (ANCAP) अन्तर्गतको नवीन (ANCAP) परीक्षण मापदण्ड अनुसार बिवाइडी डल्फिन र बिवाइडी सिलले हालै मात्र सुरक्षामा फाइभ स्टार मुल्यांकन प्राप्त गरेको छ ।
अस्ट्रेलिया र न्युजिल्याण्डको सवारी साधनको सुरक्षामा स्वतन्त्र अवाज (ANCAP) ले २०२३ देखि आफ्नो मुल्याङ्कनको मापदण्ड विस्तार गरेको हो । सुरक्षाका फाइभ स्टार मुल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरुले सुसज्जित भएको हुनुपर्छ ।
(ANCAP) को रिपोर्ट अनुसार बिवाइडी सिलले OBLIQUE POLE परिक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको छ । यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ । यी नतिजाहरुले द्यथ्म् को सुरक्षा प्रतिको दृढ प्रतिबद्धताको प्रदर्शन गर्दछ ।
बिवाइडी डल्फिनले अगाडी परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ । साथै, बिवाइडी डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरु मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ ।

यी दुवै मोडलको AEB Head–On प्रणालीले शानदार प्रदर्शन गरेका छन् । त्यसैगरी यी दुई मोडलमा ANCAP को नयाँ मापदण्ड मुल्याङ्कन अनुसारको ‘ढोका खुला हुने’ प्रविधि क्षमता रहेको छ‘। यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेट सम्म बन्द हुन दिनेछैन ।
ANCAP का प्रमुख कार्यकारी अधिकृत Carla Hoorweg, BYD का यी मोडलहरुको प्रदर्शनी प्रति सन्तुष्टि व्यक्त गर्दै भन्छन्, “हाम्रो २०२३ को परिक्षण र मुल्याङ्कन मापदण्डमा थप उच्च स्तरिय संरचनात्मक सुरक्षा का साथै उत्पादनका क्षेत्रमा नवीन चुनौतीका सक्रिय सुरक्षा प्रविधिहरुको आवस्यकता माग गरेका थियौँ र, खुसिको कुरो, यो बर्ष अहिले सम्ममा यी तिनै मोडलले फाइभ स्टारको मुल्यांकन पाएका छन्।’’
विगतमा, BYD SEAL र BYD DOLPHIN ले यूरो NCAP मा पनि सुरक्षाको मुल्याङ्कनमा Five–star मुल्याङ्कन पाएका थिए । आगामी दिनहरुमा पनि विश्वव्यापी ग्राहकहरुको सुरक्षित यात्रा सुनिश्चित गर्दै e–Platform 3.0 र अत्याधुनिक चालक सहयोगी प्रविधि जस्ता अत्याधुनिक टेक्नोलोजीको प्रयोग सङ्गै कडा सुरक्षा मापदण्डमा BYD प्रतिबद्ध रहनेछ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया