छोराबुहारी भूकम्पमा परेको खबरपछि बुबा जीतबहादुरकाे भारतमा हृदयाघातबाट मृत्यु

काठमाडौँ । छोराबुहारी भूकम्पमा परेको खबरपछि बुबाको हृदयाघातबाट मृत्यु भएको छ । शुक्रबार मध्यरातको भूकम्पमा घर भत्किँदा मोहन विष्ट र उनकी श्रीमति शोभा पुरिएका थिए । कुपिण्डे नगरपालिका– ४ सल्यानका उनीहरू पढाउन जाजरकोटको नलगाडस्थित एउटा बोर्डिङ स्कुलमा पढाउन जाजरकोटमा थिए ।
भुकम्पमा परेकी शोभाको मृत्यु भइसकेको छ भने श्रीमान ३२ वर्षीय मोहनलाईको नेपालगञ्जको भेरी अञ्चल अस्पताल आईसीयूमा उपचार भइरहेको छ । तर, उनको स्वास्थ्यमा उल्लेख्य सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्शकहरू बताउँछन् ।
छोराबुहारी भुकम्पमा पुरिँदा मोहनका बुँबा जीतबहादुर विष्ट भारतको महाराष्ट्रस्थित नासिकमा थिए । भूकम्पमा आफ्ना छोराबुहारी परेको खबर पाए तत्कालै आत्तिएर ढलेका विष्टको केही बेरमै मृत्यु भएको उनका भाइ दुर्गा बिष्टले जानकारी दिए ।
‘यता भतिज र बुहारी भूकम्पमा परेछन्,’ विष्टका भाइ दुर्गाले भने, ‘उता दाजुले आफूलाई सम्हाल्न सक्नुभएनछ । एकाएक बेहोस भनेर ढल्नुभएछ ।’
भूकम्पमा पुरिएका मोहन र शोभालाई स्थानीयले उद्धार गरेर निकाले पनि शोभाको सोही राति नै मृत्यु भएको थियो मोहनलाई राति नै एम्बुलेन्सबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा ल्याएर आइसीयुमा उपचार भइरहेको छ । उनीहरूका ६ वर्षीय छोरा भने मामाघर गएकाले जोगिए ।
भूकम्पले घर भत्किँदा मोहनलाई दलिनको काठले च्यापेको थियो । उनको टाउको, पेट र खुट्टामा गम्भीर चोट लागेको छ । कलेजोमा पनि समस्या देखिएको छ । ‘घाइतेको स्वास्थ्यमा राम्रो सुधार भएको छैन । काठमाडौं लैजाने तयारी गरेका छौँ,’ काका दुर्गाले भने ।
५७ वर्षीय जीतबहादुर धेरै वर्षदेखि रोजगारीकाो सिलसिलामा भारतमा थिए । नासिकमा होटलमा उनी वेटरको काम गर्ने उनी घर नआएकै २ वर्ष भइसकेको थियो ।
महाराष्ट्रबाट शव नेपाल ल्याउन पनि सहज नभएकाले छोरी सरिता र माइलो भाइ मोहन विष्ट नासिक पुगेरै अन्त्येष्टि गरेर फर्किएको दुर्गााले बताए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया