सरकारले फेरि अघि बढायो निजगढ विमानस्थल निर्माण प्रक्रिया
मेरोन्यूज
२०८० कार्तिक २३ गते १२:५२

काठमाडौं । सरकारले बारास्थित निजगढ विमानस्थल अगाडि बढाउने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निजगढ विमानस्थल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्ले स्वीकृत दिएको जानकारी दिए ।
२०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो।
सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ(छैन भन्ने विषयमा विवाद थियो। त्यसपछि सरकारले अध्ययन समिति बनाएको थियो।
अध्ययन समितिले विमानस्थल आवश्यक रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया