इन्दू बर्मा बनिन् राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टिमको कप्तान परिवर्तन गरेको छ । क्यानले अलराउन्डर इन्दू बर्मालाई नयाँ कप्तान बनाएको छ । विन्दू रावललाई उपकप्तान बनाइएको छ ।
हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गर्दा कप्तान परिवर्तन गरिएको हो ।
नियमित कप्तान रुबिना क्षेत्री टी–२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी–२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।
नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्।
नेपाली टिममा इन्दू बर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन परेका छन् ।
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया