४७ ग्राम २७ मिलिग्राम कोकिनसहित दुई भारतीय पक्राउ
मेरोन्यूज
२०८० कार्तिक २४ गते १२:२२

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा
बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया