गर्भवतीको गाउँमै निःशुल्क भिडियो एक्सरे

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ ।
गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए ।
विभिन्न नौ वटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उनले बताए । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने प्रमुख भट्टको भनाइ थियो । गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उनले जानकारी दिए ।
गर्भवती महिला थप भएमा कार्यक्रम तालिकाअनुसार नयाँको पनि गर्भ परीक्षण गर्ने व्यवस्था गरिने प्रमुख भट्टले जानकारी दिए । “एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गछौँ”, उनले भने, “लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउँछौँ । पालैपालो महिना बिराएर सेवा दिन सुरु गरेका छौँ ।”
एकजना गर्भवती महिलाको कम्तीमा तीन पटक अनिवार्यरुपमा भिडियो एक्सरे गर्नुपर्ने भएकाले सोही अनुसार सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताए । “त्यसपछि भने आवश्यकताअनुसार एक्सरे गरिन्छ”, उनले भने, “पहिलो चरणमा सबै वडामा पुगेर गर्भवती महिलाको गर्भवस्थाको एक्सरे जाँच गरी सकिएको छ ।”
गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले गाउँपालिकाले गर्भवतीका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।
प्रोटेबल भिडियो एक्सरे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले सेवा दिँदै आएका उनको भनाइ थियो । गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेसँगै पालिकाभित्रका गर्भवतीले गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया