जाजरकोट भुकम्पमा मृत्यु हुनेको संख्या १५४ पुग्यो, २६५५७ घर ध्वस्त

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा
भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरी मृत्यु हुनेको संख्या १५४ पुगेको उल्लेख छ ।
यसअघि गृहले गत कात्तिक २२ गते सार्वजनिक गरेको विवरणमा १५३ जनाको मृत्यु भएको उल्लेख थियो । आज सार्वजनिक विवरणमा एक जना थपिएर १५४ जना पुगेको उल्लेख छ । भुकम्पमा परेर ३३६ जना घाइते भएका छविवरणमा उल्लेख छ ।
भुकम्पमा २६ हजार ५५७ वटा घरमा पूर्ण क्षति भएको गृहको विवरणमा उल्लेख छ ।
छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको विवरणमा उल्लेख छ । त्यहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको उल्लेख छ ।
जाजरकोटमा मात्रै ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ ।
यसैगरी सल्यानका १५१, रोल्पाका २५, रुकुम पूर्वका ९, जुम्लाका ५ तथा बैतडी र कालीकोटका १–१ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
त्यस्तै ३५ हजार ४५५ वटा घरमा आंशिक क्षति पुगेको विवरण उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोटमा भएको पाइएको छ । त्यहाँका २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।
त्यसैगरी रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको पाइएको छ ।

कतिपय घर ३ दिनपछि फेरि आएको अर्को भूकम्पले भत्किएका थिए ।
















अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया