जीप दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो
दुर्घटनामा गम्भीर घाइते चिरन अर्यालको उपचारका क्रममा मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।
















अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Two arrested for cheating people of Rs 1.75 million
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया