टिकटक प्रतिबन्ध लगाउने निर्णयको सत्तापक्ष, प्रतिपक्ष सबै दलको विरोध

काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयमा सत्तापक्ष र प्रतिपक्ष सबैले विरोध गरेका छन् । सामाजिक सञ्जालमा सत्तारुढ नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी र राष्टिय प्रजातन्त्र पार्टीका नेताहरुले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेर सरकारी निर्णयको विरोध गरेका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका महामन्त्री थापाले टिकटक बन्द गराउने निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। उनले टिकटक प्रतिबन्धको निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन्।
‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’
कांग्रेसकै अर्का महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यू’भनेर प्रश्न गरेका छन्।
सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो। सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं। तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं,’ उनले लेखेका छन्।
टिकटक दुरुपयोग गरेकालाई निरुत्साहित र नियन्त्रणको कडा विधि बनाउनुपर्ने भन्दै प्रश्नको मुहान बन्द गरेर सही जवाफ खोज्न नसकिने उनले बताएका छन्।
शर्माले लेखेका छन्, ‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ?’
प्रमुख प्रतिपक्षी एमालेले कानुन बनाएर गर्नुपर्ने काम कार्यकारी आदेशका भरमा गरेको भन्दै उनले असन्तोष जनाएको छ।
नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है। अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन। कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो। ध्यान देऊ।’
पूर्वसञ्चारमन्त्री एवं एमाले सांसद गोकुल बाँस्कोटाले व्यंग्यात्मक शैलीमा हालका सत्तापक्षका नेताहरूलाई लोकतन्त्र खतरामा परेको नलागेको भए आफ्नो आपत्ति नरहेको उल्लेख गरेका छन्।
अन्य विपक्षी दल रास्वपा र राप्रपाले सरकारी कदमको विरोध गरेका छन् । उनीहरुलाई यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन्।
‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो तरु,’ रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। अहिलेको युगमा सामाजिक सञ्जाल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो।’
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया