‘दिमाग खराब’ चलचित्रको प्रदर्शनी रोक्ने निर्माता र निर्देशकको घोषणा

काठमाडौं । ‘दिमाग खराब’ चलचित्रका निर्देशक र निर्माताले चलचित्र प्रर्दशनी रोक्ने घोषणा गरेका छन् ।
विदेशी चलचित्र सरह हलहरुले प्रर्दशनीका लागि शो नदिइएको भन्दै निर्माता र निर्देशकले प्रदर्शनी रोक्ने घोषणा गरेका हुन्।
निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले एक विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहार गरेका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।
‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ। दर्शकहरूको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढीरहनुभएको छ। हामीलाई त्यो कुराले अझै जिम्मेवार बनाएको छ। र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं, तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा भनिएको छ।
पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०(५० प्रतिशत हुने विज्ञप्तिमा बताइएको छ।
तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रशित शेयर बाँडिने पनि बताइएको छ।
‘यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं। हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस वक्तब्यको पूर्णपाठ










भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया