आईसीसी विश्वकप सेमिफाइनल खेल
अष्ट्रेलियालाई जितका लागि दक्षिण अफ्रिकाले दियो २१३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाले सुरुआती खेलमा कमजोर ब्याटिङ गरेको थियो । अष्ट्रेलियाले भने बलियो बलिङ सुरुवातको चरणमा गरेको थियो ।
इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय साझेदारी गरे । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।
एक समय २४.४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११।५ ओभरमा २४(४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भए ।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया