नेसपाले बोलायो केन्द्रीय समिति, मंसिर ६ र ७ गते बस्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ ।
मंसिर ६ र ७ गते काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको नेसपाका नेताहरुले बताएका छन् । माओवादीसँगको एकताका विषयमा नेसपाभित्र दुई थरी मत छ । बाबुराम भटटराई तत्काल एकता गर्न नहुने पक्षमा छन् । तर अर्का अध्यक्ष महिन्द्रराय यादव भने विगतमा भएको सहमति अनुसार एकतामा लचक बन्नुपर्ने पक्षमा छन् ।
गत वर्षको मंसिरको चुनावमा नेसपाले माओवादी चुनाव चिन्ह्रमा चुनाव लडेको थियो । यादव त्यही अनुसार अहिले सांसद र मन्त्रीसम्म छन् ।
नेसपाको बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने नेसपाको नेताहरुले बताएका छन् ।
बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय पनि गर्नेछ ।
यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको नौ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।
पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो ।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया