पोखराको दृष्टिविहीन आश्रममा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट

पोखरा । पोखराको दृष्टिविहीन आश्रममा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
बिहिबार पोखरा महानगरपालिका २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी हुँदा ७५ लाखभन्दा बढीको धनमालमा क्षति भएको छ । आगलागीबाट पाँच कोठे भवन जलेर नष्ट भएको दृष्टिविहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू जलेर नष्ट भएका हुन् । विक्रीका लागि तयारी अवस्थामा रहेको उत्पादन ३४ लाखको क्षति भएको हो ।
तिहारमा उनीहरुले विक्री गरेर आश्रममा राखेको ९ लाख नगद रुपैयाँ पनि जलेको छ । घरको भवनको करिब २५ लाख र खाद्यान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले बताए । घर जलेपछि अपाङ्गता भएकाहरूको बिचल्ली भएको छ ।
















कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया