ग्लोबल साउथ समिटमा प्रधानमन्त्रीको सम्बोधन- साझा लक्ष्यमा एकताका साथ काम गर्नुपर्नेमा जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले विश्वासको निर्माण, साझेदारी, सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नु पर्ने बताएका हुन् ।
दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई भर्चुअल’ रूपमा सम्बोधन गदैं प्रधानमन्त्री प्रचण्डले नेपाल संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धतामा प्रतिवद्ध रहेको भन्दै विद्यमान विश्वव्यापी शासन संरचनालाई सान्दर्भिक र आजको वास्तविकतालाई प्रतिबिम्बित गर्नको लागि समयसापेक्ष सुधार आवश्यक रहेको बताएका हुन् ।
जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको बताएका थिए ।
हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ। निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ। प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा भारतको प्रसंसा पनि गरे । उनले जी २० एजेन्डामा विकासशील देशहरूको चासो राख्न संगठित रुपमै भारतले खेलेको भूमिका प्रसंसनीय रहेको भन्दै भारतको प्रसंसा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले विशेष गरी अशान्तिले घेरिएको विश्वमा धेरै चुनौतीहरूको सामना गरिरहेका बेला ग्लोबल साउथ समिटको विषय समयसापेक्ष र सान्दर्भिक रहेको बताएका थिए ।
सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गरेका छन् । सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण स् भविष्यका लागि सहकार्य’ रहेको छ ।
















प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
प्रतिक्रिया