सिंहदरवारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

काठमाडौं । सिंहदरवारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको हो ।
मंसिर ७ मा आफ्ना निजी वित्तीय घाटाबाट जन्मेको असन्तुष्टिलाई बैंकदेखि व्यवस्थाविरुद्ध नै प्रयोग गर्ने हदसम्म जान खोजेका दुर्गा प्रसाईको देशभरबाट मान्छेउतारेर काठमाडौंमा गर्न खोजेको प्रर्दशन र त्यही समय, त्यही स्थानमा नेकपा एमालेको युवा विद्यार्थीहरुले गर्न खोजेको प्रर्दशनबारे रणनीति बनाउन केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको हो ।
ठिक त्यही मिति, समय, स्थान मा परस्पर दुई खेमाको प्रर्दशन हुने र त्यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिका बारेमा छलफल गर्न सुरक्षा समितिको बैठक बस्न लागेको हो । रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी सिताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुबंर, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्टिय अनुसन्धान विभागका प्रमुख ुहतराज थापा लगायतको उपस्थितीमा अहिले सुरक्षा समितिको बैठक बसिरहेको हो ।
बैठकले केही स्थानमा निषेधाज्ञा लगाउने लगायतका विषयमा केन्द्रीत रहेर छलफल भईरहेको बताइएको छ ।
शुक्रबार बिहान मात्रै प्रधानमन्त्रीले पनि सुरक्षा स्थितीका बारेमा सेना, प्रहरी, अनुसन्धान विभागका प्रमुखहरुसँग बालुवाटारमा छलफल गरेका थिए । त्यसपछि आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया