शुक्रबार, चैत २०, २०८२

विश्वकप क्रिकेट : फाइनल उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

मेरोन्यूज २०८० मंसिर ३ गते ७:२४

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन्।

Advertisement
nepal life insurencenepal life insurence

विश्वकप क्रिकेटको उपाधिका लागि दुई देश भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे प्रतिस्पर्धा गर्ने भएका छन् ।

गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको हो।

यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँग भिड्ने पक्का गरेको हो।

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्नको लागी दुवै टोलीले प्रयास गर्नेछन्।

प्रतिक्रिया