छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताए ।
छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
“छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक एकतालाई कायम गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उनले भूगोल र क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व र सभ्यताका दृष्टिले नेपाल विश्वमै वैभवशाली रहेको उल्लेख गरेको छ ।















राष्ट्रियसभा बैठक सुरु
दुर्गा प्रसाईं फेरि पक्राउ
HoR election: EC to depute volunteers in all wards for voter education
सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया