प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने

गण्डकी । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म सेमिनार हुन लागेको हो ।
खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको अभिवृद्धि, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै सिकार आरक्षको पर्यटन प्रवद्र्धन एवं तेक्वान्दो आइटिएफÞ खेलको महत्त्व जनमानसमा पु¥याउने लक्ष्यका साथ सेमिनार आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय एवं ढोरपाटन नगरपालिकाको सहयोगमा गर्न लागिएको सेमिनारमा विभिन्न जिल्ला र प्रदेशबाट करिब चार सय खेलाडीको सहभागिता हुने उनले बताए ।
सेमिनारलाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समितिका संयोजक थापाको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया