माइतीघर मण्डलमा निषेधाज्ञा, दुर्गा प्रसाईंको कार्यक्रम स्थल भोलि टुंग्गिने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले केन्द्रीय सुरक्षा समिति , गृह मन्त्रालय लगायतसागको परामर्शका आधारमा माइतीघर मण्डलमा प्रर्दशन गर्न रोक लगाउने निर्णय गरेको छ । नेकपा एमालेका जनवर्गीय संगठन युवा विद्यार्थी र मेडिकल ब्यवसायी दुर्गा प्रसाईंका परस्पर विरोधी सभा मंसिर ७ का लागि तोकिएको र माइतीघर मण्डलामै कार्यक्रम गर्न दुबै पक्षले खोजेपछि स्थानीय प्रशासनले उक्त स्थानमा कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको हो ।
यधपी यो निषेधाज्ञाको औपचारिक जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरिसकेको छैन । तर प्रर्दशन गर्न लागिएका दुवै प्षलाई यस बारेमा जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयले गराईसकेको छ । दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने गरी जानकारी गराईसकिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
‘माइतीघर मण्डला नजिकै अदालतहरू छन्। अस्पतालहरू छन्। बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो। यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ। उहाँहरु दुबै पक्षलाई यो विषयमा जानकारी गराईदिईसकिएको छ । उहाँहरु कार्यक्रम स्थालका बारेमा जानकारी लिन सम्पर्कमा आउनुभयो भने छुट्टाछुट्टै स्थान तोकिदिन्छौं’, आचार्यले भने, ‘यदि छलफलमा नआई कानुनविपरीतका काम भए र त्यही प्रर्दशन गर्न खोजे कानुन अनुसार कारबाही हुन्छ।’
पछिल्लो समय प्रसाईं र एमालेका बीचमा अस्वस्थ्थ विवाद चर्किरहेको छ । एमालेको राष्ट्रिय युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्न लागिएको बताएको छ । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका लागि प्रर्दशन गर्न लागेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालयले माइतीघरमा प्रर्दशनमा निषेध गर्ने जानकारी आयोजक दुबै पक्षलाई गराएपछि प्रसाईंले पनि उक्त स्थानमा कार्यक्रम नगर्ने अनौपचारिक जानकारी आईसकेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रसाईंका नीजि सचिवालयका सदस्य बिनोद बजगाईले पनि मंसिर ७ मा माइतीघरमा कुनै प्रर्दशन गर्ने वा कार्यक्रम गर्ने योजना नरहेको बताएका छन् । ‘काठमाडौंमा प्रर्दशनसहितको कार्यक्रम छ तर स्थान तोकिईसकिएको छैन, भोलिसम्म कार्यक्रम स्थल तय हुन्छ,’ उनले भने ।
एमालेले भने युवा विद्यार्थीको कार्यक्रमको स्वामित्व लिएपनि उक्त दिन निषेधाज्ञा नतोडन, कानुन पालना गरेरै प्रर्दशन गर्न निर्देशन गरिसकेको छ ।
















झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया