स्वास्थ्य क्षेत्रमा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने बताएका छन् ।
सोमबार आयोजित चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन् ।
“यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने ।
प्रधानमन्त्रीले हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको बताए ।
चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मलुकका सबै प्रदेशमा विस्तार गरी आवश्यक जनशक्ति विकास गरी जनताको घरदैलोमा गणुस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सृजना गर्नको लागि आवश्यक कानुनी नीतिगत र संस्थागत सुधार क्रमश बढाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया