दुर्घटनामा दुईजनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ४ गते २०:२२

लुम्बिनी । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु ४९ प २२३० नंको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना६ख ८१६१ नं ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
सम्बन्धित
















निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
प्रहरी हवल्दारको हत्याको अभियोगमा ३ जना पक्राउ, ४ फरार
सेयर बजारमा लगातार तेस्राे दिन गिरावट
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया