बिहीबार, चैत १९, २०८२

यमन विरूद्धको खेल हेर्न आउने दर्शकलाई एन्फाको निःशुल्क बस

मेरोन्यूज २०८० मंसिर ५ गते ८:०७

काठमाडौँ । फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेल आज दशरथ रंगशालामा बेलुकी ७ बजे हुदै छ ।

Advertisement
nepal life insurencenepal life insurence

जस्मा आज नेपालले यमन विरूद्ध खेल्ने छ । नेपाल फुटबल संघ (एन्फा)ले यमन विरूद्धको खेल हेर्न आउने दर्शकलाई निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ।

खेल सक्किएपछि दर्शकरहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

एन्फाले उपलब्ध गराउने बसहरू काठमाडौंका विभिन्न रूटमा चल्नेछन्। बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ।

आज हुने खेलको टिकट सामान्य ४ सय र भीआइपीतर्फ १ हजार रूपैयाँ निर्धारण गरिएको छ। टिकट आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा उपलब्ध हुनेछ।

बस चल्ने रुट

प्रतिक्रिया