निमोनियाबाट एक महिने शिशुको निधन

जाजरकोट । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।
भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
















निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह
मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया