निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ ।
आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले आगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानाकर्षण गरिएको बताए ।
‘हामीले कार्यक्रम गर्न रोक लगाएका छैनौँ’, उनले भने, ‘तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि पहिरन तथा स्टिकर, लोगो, झोला, ब्याचजस्ता साङ्केतिक सामग्री प्रदर्शन गर्न पाइँदैन ।’यसअघि विभिन्न जिल्लामा भएको सभापति लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा कार्यकर्ताहरू घण्टी बोकेर बजाउँदै ब्याच लगाएर हिँडेका श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा देखिएको थियो ।
निर्वाचन आचारसंहिताविरुद्धका गतिविधि उम्मेदवार वा अन्य कुनै पनि व्यक्तिले गर्न नहुने जनाउँदै सचेत बनाउन ध्यानाकर्षण गरिएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ ।
प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा २०८२ साल माघ १४ गते सूचनासमेत जारी भएको उनले बताए ।
निर्वाचन आचारसंहिता २०८२ परिपालन सम्बन्धमा जारी गरिएको ध्यानाकर्षणपत्रका भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुनेगरी निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

















Slight increase in gold, silver prices
Police Head Constable found dead in Darchula
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया