बिहीबार, चैत १९, २०८२

विश्वकप छनोट

नेपाल र यमनबीचको खेलको पहिलो हाफ सकियो, गोलरहित बराबरी

मेरोन्यूज २०८० मंसिर ५ गते २०:०१

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनबीचको खेलको पहिलो हाफ सकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।

यमनका लागि ३२ मिनेटमा अहमद माहेरले पेनाल्टी बक्स भित्रबाट हानेको बल पोष्ट माथिबाट बाहिरिएको थियो ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए ।

अनन्त तामाङ, दिनेश हेन्जन र एरिक विष्ट पहिलो रोजाईँमा पर्दा मनिष डाँगी र छिरिङ लामा बेन्चमा छन् ।

खेलमा नेपालका एरिक विष्टले पहिलो हाफमा पहिलो पहँेलो कार्ड पाएका छन् ।

प्रतिक्रिया