मंगलबार, माघ २७, २०८२

भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मेरोन्यूज २०८० मंसिर ६ गते १५:१५

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई अनुरोध गरेको हो ।

भोलि विभिन्न समूहले र्‍याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो।

प्रतिक्रिया