आइतबार, चैत २९, २०८२

सरकारद्वारा सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

मेरोन्यूज २०८० मंसिर ७ गते ९:१४

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०८० को समापन समारोहका अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा यस वर्ष पनि सबै भन्दा बढी कर तिर्ने करदातालाई सम्मान प्रदान गरिएको हो ।

सम्मान गरिएका करदाता कम्पनीहरू :

सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार :डाबर नेपाल प्रालि

विषेश उद्योग : एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली

सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन : मनोकामना दर्शन प्रालि

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स : आईएमई लिमिटेड

व्यक्ति आय : विजयकुमार शाह

(संस्थागत) सूर्य नेपाल प्रालि )आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने यो दुई विधामा सम्मानित भएको छ ।

प्रतिक्रिया