उर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
मेरोन्यूज
२०८० मंसिर ७ गते १२:१२

काठमाडौं । उर्जासचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ । बिहिबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
घिमिरे एक वर्ष अगाडी मात्रै पून दोहोराएर उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न आईपुगेका थिए ।
त्यस भन्दा अगाडी पहिलोपटक ऊर्जा मन्त्रालयको सचिवका रूपमा २०७५ पुस ९ गते उनले कार्यभार सम्हालेका थिए ।
घिमिरे विशेष गरी नेपाल–भारत जलस्रोत तथा ऊर्जा क्षेत्रमा वार्ता गरी नेपालको पक्षमा भारतलाई सहमत गराउन सिपालु मानिने उर्जा विज्ञहरुको भनाई छ ।
उनले विद्युत् विकास विभागको महानिर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया