मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयरको बाँडफाँड

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको १ लाख ४० हजार कित्ता शेयरको बाँडफाँड भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको हो ।
जारी पूँजी सत्तरी करोड रुपैयाँमध्ये २०% अर्थात चौंध करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १०% अर्थात १ लाख ४० हजार कित्ता शेयर प्रति शेयर रु.१०० अङ्कित दरमा बाँडफाँड गरिएको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रित पुगेका आवेदकहरुमा उक्त निष्काशित शेयरहरुको बाँडफाँड निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको छ ।
१ लाख४० हजार कित्ता शेयर खरिदका लागि ३१,१९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१,१९४ जना आवेदकहरुबाट ७,२३,०४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले सेयर वााडफाँड गरिएको एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया